कला


सैफअली आक्रमणमा अभियुक्तले जमानत माग्दै भने: काल्पनिक कथाको आधारमा आरोप लगाइयो

सैफअली आक्रमणमा अभियुक्तले जमानत माग्दै भने: काल्पनिक कथाको आधारमा आरोप लगाइयो

नेपालखबर
साउन ४, २०८२ आइतबार १६:५५, काठमाडौँ

गएको जनवरी १५ मा बलिउड अभिनेता सैफ अली खानमाथि उनको घरमा आक्रमण भएको थियो। यस घटनामा प्रहरीले शरीफुल इस्लामलाई पक्राउ गरिसकेको छ।

शरीफुल बंगलादेशी हुन्, जो अझै पनि मुम्बईको आर्थर रोड जेलमा छन्। अब ५ महिना बितिसक्दा शरीफुलले जमानत मागेका छन्। काल्पनिक कथाको आधारमा आफूलाई आरोप लगाइएको उनको भनाइ छ।

मुद्दाका अभियुक्त शरीफुल इस्लामले शुक्रबार जमानतको लागि निवेदन दिएका छन्। जमानतको निवेदनको सुनुवाइ जुलाई २३ मा हुनेछ।

शरीफुल इस्लामका वकिल विपुल दुशिङले निवेदनमा लेखेका छन् कि शरीफुलको कुनै आपराधिक रेकर्ड छैन। घटनाको अनुसन्धान लगभग पूरा भइसकेको छ, अब केवल आरोपपत्र दायर गर्न बाँकी छ।

सीसीटीभी फुटेज, कल रेकर्ड र आवश्यक प्रमाणहरू पहिले नै अभियोजन पक्षसँग छन्। अब प्रमाणसँग छेडछाड गर्ने र साक्षीहरूलाई प्रभाव पार्ने कुनै खतरा छैन।

निवेदनमा यो पनि भनिएको छ कि यस मुद्दामा भारतीय नागरिक सुरक्षा संहिताको धारा ४७ को उल्लङ्घन गरिएको छ। जस अन्तर्गत पक्राउ परेका व्यक्तिलाई उनको गिरफ्तारीको कारण र जमानतको अधिकारको बारेमा जानकारी गराइन्छ।

जनवरी १५ को राति सैफ अली खानमाथि उनको घरमा पसेर एक जनाले चक्कु प्रहार गरेको थियो। सोही आरोपमा शरीफुल इस्लामलाई प्रकाउ गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad