चर्चित गायिका रचना रिमालले ‘बामरी बसायो’ बोलको तीज गीत ल्याएकी छिन्। उनले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा यो गीत ल्याएकी हुन्।
रचना रिमालकै प्रस्तुति रहेको यस गीतमा यी ३ जना गायिकाहरूको स्वर रहेको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ।
गीतको भिडिओमा रचना, एलिना, इन्द्रकलासहित अनुपा बिष्टको अभिनय र नृत्य देख्न सकिन्छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओ गम्भीर विष्टको निर्देशनमा तयार पारिएको हो।
भिडिओका छायांकार नवराज उप्रेती हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। रमाइलो शैलीको यस गीतमा वर्ष दिनको तीजमा आउने उमंग, नाच्नेगाउने रहरदेखि माइतीका कुरालाई समेटिएको छ।
783
Shares

प्रतिक्रिया