रमा कार्कीको शब्द रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ। केही दिनअघि सार्वजनिक गीतमा अभिज्ञा घिमिरेको स्वर छ।
म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कार्कीको शब्दमा महेश खड्काले संगीत भरेका छन्।
सार्वजनिक गीतको भिडिओमा मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायतको अभिनय र नृत्य छ।
म्युजिक भिडिओको निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य निर्देशक प्रशान्त मगर हुन्।
417
Shares

प्रतिक्रिया