लुम्बिनी


अर्घाखाँची र पाल्पामा १ घण्टामै मध्यम वर्षा, मौसम विभागले जारी गर्‍यो चेतावनी

अर्घाखाँची र पाल्पामा १ घण्टामै मध्यम वर्षा, मौसम विभागले जारी गर्‍यो चेतावनी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १३:१४, काठमाडौँ

अर्घाखाँची र पाल्पाका लागि मौसम विभागले जारी गर्‍यो चेतावनी

जल तथा मौसम विज्ञान विभागले अर्घाखाँची र पाल्पा जिल्लाका लागि चेतावनी जारी गरेको छ। 

आज दिउँसो १ बजे विभागले सूचना जारी गरी वर्षा भएको १ घण्टामै अर्घाखाँची वर्षामापन केन्द्र र पाल्पाको बल्ड्याङगढी मापनकेन्द्रमा मध्यम वर्षा भएको देखिएको जानकारी दिएको हो। 

मौसम विभागले जारी गरेको सूचनामा भनिएको छ,  पछिल्लो १ घण्टामा अर्घाखाँची जिल्लास्थित अर्घाखाँची वर्षामापन केन्द्र र पाल्पा जिल्लास्थित बल्ड्याङगढी वर्षामापन केन्द्रहरू र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाब केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad