कला


‘सुम्निमा’बाट डेब्यु गर्दै ‘स्प्लिट्सभिल्ला’ बाट चर्चामा आएका अनिकेत

‘सुम्निमा’बाट डेब्यु गर्दै ‘स्प्लिट्सभिल्ला’ बाट चर्चामा आएका अनिकेत

नेपालखबर
साउन १२, २०८२ सोमबार १३:१५, काठमाडौँ

प्रेमकथानक चलचित्र ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’का प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत फिल्ममा चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए। 

स्प्लिट्सभिल्लाको १४औँ सिजनमा अनिकेत उत्कृष्ठ आठमा पर्न सफल बनेका थिए। 

यो फिल्ममा मिलन चाम्सको निर्देशनमा बन्न लागेको हो। नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ।  ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ। यद्यपि नामले नारीप्रधान जस्तो लागे पनि, कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित रहने निर्देशक चाम्स बताउँछन्।

यसअघि उपासना सिंह ठकुरी, कुन्साङ बमजन र अनुप बिक्रम शाही अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयनको प्रक्रिया जारी रहेको छ। चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि लन्डन र नेपालमा सुरु गर्ने निर्माणटिमले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad