म्युजिक भिडिओ निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले फिल्ममा समेत डेब्यु गरेकी छिन्। ‘कोशेढुंगा’ मा समावेश तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ स्मृतिको कोरियाग्राफीमा बनेको हो।
एकसाताअघि सार्वजनिक यो गीत यतिखेर चर्चामा छ। युट्युवमा १२ लाखबढी भ्युज पाइसकेको यस गीतका क्लिपहरु टिकटकमा भाइरल छन्। साथै नृत्यका स्टेजपहरुले दर्शकहरुलाई तानिरहेको छ।
नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको हुकलाइन र खेमकै संगीत छ। खेम सेञ्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले स्वर दिएका छन्।
स्मृतिको कोरियोग्राफीमा फिल्मका मुख्य कलाकारहरु सुरक्षा पन्त, ऋचा शर्मा र नीति शाह नाँचेका छन्।
स्मृतिले निर्देशक शंकर बिसीले निर्देशन गर्ने भिडिओमा कोरस नाच्थिन्। पछि भने उनले बिसीको सह निर्देशक भएर काम गरिन्।
यतिखेर लोकदोहोरी भिडिओ निर्देशन र कोरियोग्राफीमा स्मृतिको माग उच्च छ। यसवर्ष पनि उनले तीनदर्जन तीज गीतमा निर्देशन र कोरियोग्राफी गरिसकेकी छिन्। फिल्मको डेब्यु गीतमा पनि स्मृति सफल भएकी छिन्।
Shares

प्रतिक्रिया