लोकदोहोरी गायक एवम् सर्जक प्रेम रसाइलीको मौलिक तीज गीत ‘मायालु’ सार्वजनिक भएको छ। यो गीत प्रेम रसाइली युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
प्रस्तुत गीतमा प्रेम रसाइलीकै शब्द तथा संगित रहेको छ भने उनलाई लोक दोहोरी गायीका सविना योगीले साथ दिएकी छिन्। प्रस्तुत गीतमा संगित संयोजनको पाटो अर्जुन थापाले सम्हालेका छन्।
अर्जुन थापाको निर्देशनमा बनेको गीतको सुशील डाँगीले छायांकन र सम्पादन गरेका हुन्।
अस्मिता रणपाल र गोविन्द विवशले नृत्य गरेको गीतमा कोरियोग्राफी भने समिर ठोकरको रहेको छ।
यस्तै, सांस्कृतिक एवम धार्मिक पर्वहरुलाई मध्यनजर राख्दै सार्वजनिक गरिने गीत संगीतहरुको महत्त्व हुँदाहुँदै मौलिकता भड्किने गीत संगीतहरुको विगविगि छ। त्यसलाई मध्येनजर गर्दै गायक रसाइलीले मौलिक तीज गीत बजारमा ल्याएको बताएका छन्।
Shares

प्रतिक्रिया