कुनै बेलाका चर्चित अभिनेता कलाकार गणेश उप्रेती नेपाल आएका छन्। फिल्म ‘झरीपछिको इन्द्रेणी’ खेल्न नेपाल आएका उनी ९ वर्षपछि अभिनयमा फर्किँदैछन्।
हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ डेब्यु निर्देशन रहेको यस फिल्मको भोलिबाट छायांकन सुरु हुँदैछ।
उप्रेती लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए। यसै फिल्मको लागि भनेर उनी काठमाडौं आइपुगेका हुन्।
‘भाग्य रेखा’ अभिनय सुरु गरेका उप्रेतीले तीनदर्जनबढी फिल्म खेलिसकेका छन्। सन् २०१६ मा रिलिज भएको ‘होमवर्क’ उनको पछिल्लो फिल्म हो।
‘झरीपछिको इन्द्रेणी’मा उप्रेतीसहित दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहनेछ। पशुपति शिवजी इन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सबै छायांकन काठमाडौंमा गरिनेछ।
93
Shares

प्रतिक्रिया