कला


कवि तथा संगितकार विनोद नन्दनको निधन

कवि तथा संगितकार विनोद नन्दनको निधन

नेपालखबर
भदौ २, २०८२ सोमबार ७:३४, काठमाडौँ

कवि तथा संगितकार प्रेम विनोद नन्दनको निधन भएको छ। नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज भरतपुरमा निधन भएको हो। 

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट बिरामी थिए।

वि.सं.२०११ सालमा ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेका नन्दनका गजल, कविता तथा अन्य काव्य प्रकाशित छन्। उनका गीति संग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३,  सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ पनि प्रकाशित छन्।

नन्दनले बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए। उनी गायक, संगितकार तथा कलाकार पनि थिए।

२०९२ साल जेठ १९ गते तनहुँको वन्दिपुरमा जन्मिएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ गएका हुन्। 

उनको पार्थिव शरी सोमबार नै देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम छ। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad