सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाईले नयाँ गीत सार्वजनिक गरेका छन्। लाबोनी चक्रवर्ती प्रसाईको आवाजमा रहेको ‘यो जिन्दगी’ बोलको गीतको ‘लिरिकल’ भिडियो सार्वजनिक भएको हो।
जिन्दगीका आपतविपत् र अप्ठ्याराहरु समेटिएको यो गीत दर्शक र श्रोताले रुचाउने उनीहरुले आशा गरेका छन्। यो गीतको बोल ‘यो जिन्दगी अप्ठ्यारोमै बित्ने हो कि नथामिँदै आँशुहरू सास त्यसै टुट्ने हो कि’ रहेको छ।
शब्द चयन र संगीत संयोजनले यो गीत निकै मर्मस्पर्शी बनेको छ।
यो गीत सञ्चारकर्मी तेजेन्द्र काफ्लेले लेखेका हुन् भने सङ्गीत भर्ने काम लाबोनीप्रमोदले गरेका छन्। सङ्गीत संयोजन सचिन सिंहको रहेको छ। गीत लाबोनीप्रमोदको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
लिरिकल भिडियो :
3
Shares

प्रतिक्रिया