प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
ओलीले आज सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ। गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।
क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो।

225
Shares

प्रतिक्रिया