कला


मुरहरि रायमाझीको ‘गाउँ बिरानो भयो’ सार्वजनिक

मुरहरि रायमाझीको ‘गाउँ बिरानो भयो’ सार्वजनिक

नेपालखबर
असोज २५, २०८२ शनिबार १९:२७, काठमाडौँ

कवि मुरहरि रायमाझीको चौथो पुस्तक ‘गाउँ बिरानो भयो’ प्रगतिशील लेखक संघको एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको छ।  शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले सार्वजनिक गरे। 

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छ। कवितासङ्ग्रह ‘गाउँ बिरानो भयो’ मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन्।

सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको  प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो। यस्तै नवराज दाहाल उत्साहीले विशेष रचना वाचन गरे। 

प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad