कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा एक समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा अन्तर्जातिय प्रेमकथा वरिपरि घुमेको छ।
सामाजिक र पारिवारिक अप्ठेराेबीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण ट्रेलरमा गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ।
निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।
48
Shares

प्रतिक्रिया