कला


इन्द्रेणीमा पुगेर ‘परान’ टिमले खेल्यो देउसीभैलो

इन्द्रेणीमा पुगेर ‘परान’ टिमले खेल्यो देउसीभैलो

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १३:४७, काठमाडौँ

तिहार सकिए लगत्तै कार्तिक १४ बाट फिल्म ‘परान’ रिलिज हुँदैछ। जहाँ फिल्मका अभिनेत्रीद्वय केकी अधिकारी र अन्जना बराइली देउसीभैलो खेलेका छन्।  

राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो। जसमा केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो।

साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो। जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए।

 राष्ट्रिय लोक सन्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले फिल्मका कलाकारहरुलाई स्वागत गरेसँगै देउसी भट्याएका थिए। साथै केहिबेर गायक सरोज लामिछानेले देउसी भट्याएर स्वागत गरे। त्यसपछि निर्देशक दिपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै ‘परान’ बिशेष शब्दहरु राखेर देउसी भट्याए। त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन्।

अभिनेत्री अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरु सम्झिएकी थिइन्। प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार बिशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए।

केकीले तिहारमा सबैतिर झिलीमिली हुनेभएकाले पनि तिहार सुरुभएसँगै खुसीयाली छाएको बताइन्।

साथै राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकतालाई बिशेष ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम राखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad