कला


कति पुग्यो फिल्म ‘परान’ को कमाइ?

कति पुग्यो फिल्म ‘परान’ को कमाइ?

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १७:११, काठमाडौँ

फिल्म ‘परान’ ले नौ  दिनमा ३ करोड ७१ लाख ग्रस कलेक्सन गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले नौ दिनमा ३ करोड ७१ लाख ३६ हजार ५ सय ५३ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको विवरण सार्वजनिक गरेको हो। साथै १ लाख २८ हजार बढी टिकट बिक्री भएको उल्लेख छ।

फिल्मले प्रदर्शनको पहिलो दिन ५ लाखको व्यापार गरेको थियो। जसकारण धेरैले यस फिल्मले खासै कमाइ नगर्ने धेरको अनुमान थियो। तर, माउथ पब्लिसिटीले गर्दा हलमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ्। दोस्रो सातामा प्रदर्शनरत यस फिल्मले गएको शनिबार मात्रै एक करोड बढीको कमाइ गर्न सफल भयो। 

दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेता नीर शाहलाई मुख्य भूमिकामा छ्न्। फिल्ममा शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ। 

फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad