कला


दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, अभिनेत्री नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर

दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, अभिनेत्री नम्रता श्रेष्ठ  ब्रान्ड एम्बेसडर

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १२:४१, काठमाडौँ

अन्तर्राष्ट्रियस्तरको क्याफे अनुभव नेपालमै पुर्‍याउने उद्देश्यसहित स्टारबोस कफीले आफ्नो पहिलो आउटलेट काठमाडौँको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ।

शनिबार विशेष समारोहमा अभिनेत्री तथा पर्व मिस नेपाल नम्रता श्रेष्ठ, नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरे।

टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले आधुनिक वातावरण, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा विभिन्न परिकारमार्फत नेपालमा क्याफे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा अभिनेत्री नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको थियो । ब्रान्डप्रति ग्राहकको विश्वास र पहिचान मजबुत बनाउन नम्रताको छवीले ठूलो योगदान दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

समारोहका प्रमुख अतिथि नबिल बैँकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच नयाँ व्यवसाय सुरु हुनु सकारात्मक सन्देश भएको बताए। उनका अनुसार स्टारबोस कफी हाउसले अन्य व्यवसायीलाई समेत नेपालमै नयाँ अवसर खोज्न प्रेरित गर्नेछ।

उद्घाटनमा सहभागी पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत दिनुपर्ने आवश्यकता औँल्याए । उनले जेनजी आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्याउँदै नयाँ व्यवसायिक वातावरण निर्माण गरेको उल्लेख गरे।

जुन अवसरमा टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले विभिन्न चुनौतीबीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल भएको बताए। उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणको साथ स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य समूहले राखेको उनले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा प्रदान गर्ने उदेश्यसहित स्टारबोस कफीले विशेषज्ञहरू समावेश भएको बलियो टिम तयार पारेको छ । युवालाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहन गर्नका लागि पनि यो परियोजना महत्वपूर्ण हुने समूहले विश्वास व्यक्त गरेको छ ।

दरबारमार्गको पहिलो आउटलेट सञ्चालन पछि स्टारबोस कफीले तनकुनेमा दोस्रो र ललितपुरको इमाडोलमा तेस्रो शाखा चाँडै सञ्चालन गर्ने तयारी गरिरहेको छ। यस्तै, आगामी दिनमा नेपालका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजना कम्पनीले अघि सारेको छ।

स्टारबोस कफी टीजी भेन्चर्स अन्तर्गतको पहिलो हस्पिटालिटी प्रोजेक्ट हो। टीजी भेन्चर्स स्वयं टक्सार ग्रुप अफ कम्पनीजको एक प्रमुख व्यापारिक इकाइ हो, जसले विभिन्न क्षेत्रमा सक्रियता जनाएको छ। कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालको हस्पिटालिटी तथा क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ।

कार्यक्रमा टक्सार ग्रुप अफ कम्पनीका सह-संस्थापक तथा फ्रेन्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एम.डी. पूर्ण श्रेष्ठ, स्टारबोस कफीका महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad