कला


‘अभिमन्यु : च्याप्टर–१’ को ‘मरौँ ज्यानले’ गीतमा प्रेम बीचमै टुट्दाको छटपटी

‘अभिमन्यु : च्याप्टर–१’ को ‘मरौँ ज्यानले’ गीतमा प्रेम बीचमै टुट्दाको छटपटी

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:२७, काठमाडौँ

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ। मंसिर १८ गते रिलिज हुने फिल्मको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो।

सुरेश बादलको शब्द रहेको गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको  छ। सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ। प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ ।

गीतको भिडिओमा मुख्य कलाकार दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।

यस फिल्ममा कामेश्वर र लक्ष्मीसहित सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको यस फिल्मको क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

फिल्ममा निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad