कला


‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा नभन्न निर्माताको आग्रह

‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा नभन्न निर्माताको आग्रह

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १०:५८, काठमाडौँ

निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन्। उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन्।

यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ देखिन्छ। कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने उनको तर्क छ।

पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ डेढ करोडमा बनेको थियो। यो चलचित्रले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गरेको छ। 

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु स् च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदैछ।

यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad