कला


‘परान’ हेरेपछि सञ्चारमन्त्री खरेल: ‘परान सासले होइन, साथले चल्छ’

‘परान’ हेरेपछि सञ्चारमन्त्री खरेल: ‘परान सासले होइन, साथले चल्छ’

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ५:५३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले शुक्रबार नेपाली फिल्म ‘परान’ हेरेका छन्।

दीपक आचार्यद्वारा निर्देशित चलचित्र ‘परान’को विशेष प्रदर्शनसहित ‘नेपाली चलचित्रको वर्तमान अवस्था तथा चलचित्र क्षेत्रमा गर्नुपर्ने सुधार सम्बन्ध’ बारे आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले परान ‘सासले होइन साथले चल्छ’ भन्ने चलचित्र को नाराले आमाबाबुको वास्तविक भावना झल्काउने बताए।

उनले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गरे।

मन्त्री खरेलले ३४ वर्षअघि ७६ वर्षीय बुबासँग रञ्जना हलमा चलचित्र ‘कोसेली’ हेरेपछि, अहिले फेरि उहाँसँगै परान हेर्न आएको स्मरण गरे। उनले २०२६ सालमा बनेको ऐनले अहिलेसम्म चलचित्र बनाउने काम निर्दिष्ट गरिरहेको धारणा व्यक्त गरे।

राष्ट्रियसभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरूले चलचित्र परान हेरेका हुन्। सञ्चारमन्त्री खरेलसहितको टोलीले टिकट काटेर फिल्म परान हरेको हो । उनले नेपाली चलचित्रलाई प्रोत्साहन गर्न आफूहरूले पैसा तिरेर चलचित्र हेर्न आएको बताए।

सञ्चारमन्त्री खरेलले सरकारले चलचित्र क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए। उनले नेपाली चलचित्रलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्न जरुरी रहेको औँल्याए।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र परानले नेपाली माटो र नेपाली पारिवारिक कथाको सारलाई सुन्दर ढङ्गले समेटेको बताइन्। चलचित्र विधेयकमाथि छलफल जारी रहेको र सरकारले चलचित्र उद्योगको विकास गर्न प्रयास गरिरहेको उनले बताइन्।

कार्यक्रममा चलचित्र परानका निर्देशक दीपक आचार्यले सञ्चारमन्त्री खरेल आफैँले चलचित्र हेरेर नेपाली चलचित्र क्षेत्रमा उत्साह जगाएको बताए। उनले समाज रूपान्तरणका लागि नेपाली चलचित्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad