कला


‘परान’ ले  ३० भन्दा बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई बाँड्यो न्यानो लुगा

‘परान’ ले  ३० भन्दा बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई बाँड्यो न्यानो लुगा

नेपालखबर
पुस ६, २०८२ आइतबार १३:६, काठमाडौँ

फिल्म ‘परान’ ले देशभरका भन्दा ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ। यसै अवसरमा परान टिमले बुढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गरेको छ।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरिएको हो। साथै निर्माता आचार्यले आगामी साता अर्को एक बिशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने बताए।

पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केहि साताअघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरुलाई परान चलचित्र देखाएकी थिइन्। चापागाईंले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताइन्।

निर्देशक दीपकप्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन्। अझैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० भन्दा बढी साे दिइएको परानले आइतबार केहि कम हल पाएको छ। यद्यपि, कतिपय हलमा अहिलेपनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ।  साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो ।

उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता सहरहरुमा पनि दर्शकको संख्या राम्रो देखिन्छ।

फिल्मका निर्माता रन्जित आचार्यले ‘परान’ ले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिए। योसँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेत बनेको छ।

यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङको अभिनय छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad