अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखदेखि कार्यक्रम सञ्चालन गरिने भएको हो।
कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारी, गायक/मोडल आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीले विशेष प्रस्तुति दिनेछन्। त्यसका लागि समीक्षा र सुवासहितको टिम अस्ट्रेलिया जाने तयारीमा छ।
अभिनेतासमेत रहेका भण्डारी भने उतै छन्। सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत ´शिरमा शिरबन्दी`बाट चर्चामा छन।
यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रालि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्ने भएका हुन्।
आयोजकका अनुसार कार्यक्रम ग्रान्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुनेछ।
नेपाली मौलिक गीत-संगीत र सांस्कृतिक मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यक्रममा सहभागी हुन दर्शकलाई ३० अमेरिकी डलर टिकट दर तोकिएको छ।
Shares

प्रतिक्रिया