कला


सन्नी देओलको ‘बोर्डर २’ ले एक सातामा कति कमायो?

सन्नी देओलको ‘बोर्डर २’ ले एक सातामा कति कमायो?

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

सन्नी देओलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘बोर्डर २’ ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ। यस फिल्मले एक सातामा २ सय ४४ करोड ९७ लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको हो।

बलिउड व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमार्फत फिल्मको एकहप्ताको कमाइबारे जानकारी दिएका हुन्। सार्वजनिक विवरणअनुसार पहिलो दिन फिल्मले ३२ करोड १० लाख भार नेट कलेक्सन गरेको थियो।

त्यसैगरि, शनिबार ४० करोड ५९ लाख, आइतबार ५७ करोड २० लाख, सोमबार ६३ करोड ५९ लाख, मंगलबार २३ करोड ३१ लाख, बुधबार १५ करोड ४ लाख र बिहीबार १३ करोड १३ लाख भारू नेट कमाइको उल्लेख छ।

पहिलो हप्ताको विवरणअनुसार ‘बोर्डर २’ सनी देओलको करिअरकै दोस्रो उच्च कमाइ गर्ने फिल्म बनेको छ। यसअघि सनी देओलको सबभन्दा ठूलो हिट ‘गदर २’ ले पहिलो हप्ता २ सय ८४ करोड ६३ लाख भारू कमाइ गरेको छ। 

त्यस्तै, फिल्मका कलाकारहरू वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीका लागि भने करिअरकै सबभन्दा ठूलो पहिलो हप्ताको कमाइको कीर्तिमान बनाएको छ।

यो फिल्म सन् १९९७ मा रिलिज भएको क्लासिक ‘बोर्डर’ को सिक्वेल हो। फिल्ममा वायु सेना, जमिन युद्ध र ठूला स्तरका युद्ध दृश्यहरू प्रस्तुत गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad