चीनकी एक कन्टेन्ट क्रिएटर यतिबेला चर्चामा छिन्।
कारण हो- जब लाइभ सेसनमा उनको मुहारमा लगाइएको ब्युटी फिल्टर अचानक बन्द भयो। अनि उदांगियो असली अनुहार।
यस घटनाका क्लिप सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले डिजिटल ब्युटी र अनलाइन प्रदर्शनबारे बहस सुरु गराएको छ।
सार्वजनिक भिडिओमा क्रिएटरले सधैँझैँ सामान्य तरिकाले लाइभ सेसन होस्ट गरिरहेको देखिन्छ। यहीबिच फिल्टर अचानक गायब हुन्छ। अनि केही सेकेन्ड उनको वास्तविक अनुहार देखिन्छ।
यद्यपि केही क्षणपछि फिल्टर पुन: सक्रिय हुन्छ। यसपछि फेरि उनको अनुहार चम्किलो देखिन्छ।
सामाजिक सञ्जाल प्लाटफर्ममा भाइरल पोस्टमा यस घटनापछि उनले झन्डै १ लाख ४० हजार फलोअर गुमाएको दाबी गरेका छन्।
को हुन् त ती महिला?
यो भाइरल क्लिपमा रहेको महिलाको पहिचान अझै खुलाइएको छैन।
भिडिओ कहिले र कहाँ खिचिएको हो भन्ने कुरा पनि स्पष्ट छैन।
धेरै मिडिया आउटलेटले यो दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकेको उल्लेख गरेका छन्।
यसको अर्थ यो कुरा हाल सामाजिक सञ्जालका पोस्ट र क्याप्सनमा आधारित छ।
Shares

प्रतिक्रिया