कला


‘राम नाम सत्य’को गीतमा यस्तो देखियो विराज र सुपुष्पाको जोडी

‘राम नाम सत्य’को गीतमा यस्तो देखियो विराज र सुपुष्पाको जोडी

नेपालखबर
फागुन १०, २०८२ आइतबार १७:२०, काठमाडौँ

चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक भएको छ। ‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो।

माइकल चन्दको निर्देशनमा बनेको फिल्मको सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर सुन्न सकिन्छ। डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ।

गीतमा भिडिओमा विराज भट्ट र सुपुष्पा भट्ट फिचर्ड छन्। गीतको भिडिओमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्।

माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।

यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ। फिल्ममा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ।

माइकल चन्दको निर्देशनमा बनेको फिल्म एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad