चर्चित अभिनेत्रीद्वय प्रियंका कार्की र स्वस्तिमा खड्काले मतदान गरेका छन्। दुबैले यसपटकको चुनावमा जेनजी शहीदप्रति समर्पित गर्दै मत हालेको बताएका छन्।
प्रियंकाले श्रीमान आयुष्मान जोशी देशराजसँगको तस्विर सेयर गर्दैं आफूहरुको भोट जेनजी शहीदप्रति समर्पित उल्लेख गरेकी हुन्। दुबैजनाले यसअघि बालेन शाहलाई मतदान गर्न अपिल गरेका थिए।
‘यो पटकको मेरो मत शहीद जेनजीहरूप्रति समर्पित। देशको परिवर्तनप्रति समर्पित। आशाको किरणप्रति समर्पित। जय नेपाल,’उनले लेखेकी छिन्।
त्यस्तै, स्वस्तिमाले पनि विहिबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछिको तस्विर सेयर गरेकी छिन्। स्वस्तिमाले भोट हालेको छापसहितको औंला देखाउँदै लेखेकी छन्, ‘यो पटकको मेरो मत जेनजी शहीदहरूप्रति समर्पित।’
चुनाव अघिका पोस्टमा स्वस्तिमाले खुलेर राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहको समर्थन गरेकी थिइन्।
Shares

प्रतिक्रिया