पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकलाई नेट्फिल्क्सको वेबसिरिज ‘ग्लोरी’ मा देखिने भएकी छिन्। चाण्डकले आफू नेटफ्लिक्सको वेबसिरिजमा देखिन लागेको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्।
‘मेरो लागि यो ‘रेड सिजन’ जस्तो देखिँदैछ, सायद यो मेरो लागि ‘नेटफ्लिक्स सिजन’ भएकै कारण। मे १ देखि नेटफ्लिक्समा ‘ग्लोरी’ हेर्नुहोस्। यो मेरो पहिलो वेब-सिरिज हो,’उनले इन्स्टाग्राममा लेखेकी छिन्।
जुन पोस्ट गरेसँगै निकितालाई बधाइ तथा शुभकामनाका ओइरो आइरहेको छ।
एटोमिक फिल्म्सले निर्माण गरेको यस सिरिजको कथा थ्रीलर र बदलाको कथामा आधारित छ। जुन मे १ मा नेटफ्ल्क्सिमा स्ट्रिमिङ गरिने बताइएको छ।
निकिताले सन् २०१७ को मिस नेपाल जितेकी थिइन्।
विराज भट्टको फिल्म ‘साङ्लो’ बाट नेपाली सिनेजगतमा डेब्यु गरेकी निकिता केहीवर्षयता भारतको मुम्बईमा बसेर अभिनय, विज्ञापन र डिजिटल प्रोजेक्टमा सक्रिय छिन् ।
उनी पछिल्लोपटक दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ देखिएकी थिइन्। जुन फिल्म भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो ।
Shares

प्रतिक्रिया