कला


धिरज, मिरुना र दीकिला अभिनीत ‘कुस्ती’ असोज ९ मा रिलिज हुने

धिरज, मिरुना र दीकिला अभिनीत ‘कुस्ती’ असोज ९ मा रिलिज हुने

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:४८, काठमाडौँ

अनिल योञ्जनको निर्देशन रहेको फिल्म ‘कुस्ती’ को प्रदर्शन मिति तोकिएको छ। यो फिल्म आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ।

काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको  फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिए। ‘हामीले वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ। सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ,’ उनले भने, ‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो।’

निर्देशक योञ्जनले प्रेम गरे पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए। यस फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ।

दीकिलाको यो डेब्यु फिल्म हो। उनले यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया को उपाधि जित्दै टप-१५ मा पर्न सफल भएकी थिइन्। साथै उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्। दीकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन-५ बाट चर्चामा आएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad