फिल्म ‘युनीभर्सटी अफ गुन्डाज्’को टिजर सार्वजनिक गरिएको छ। सलिनमान बनियाँको जन्म दिनको अवसर पारेर ‘युनीभर्सटी अफ गुन्डाज्’को टिजर सार्वजनिक भएको हो।
सार्वजनिक टिजरमा सलिनमानको एक्सन देख्न सकिन्छ। फिल्म ‘यात्रा’ पछि सलिनमानले यस फिल्ममार्फत कमब्याक गरेका हुन्।
सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्मको उनको दमदार कमव्याकले फरक स्वाद पस्किएको छ। दर्शकमाझ लभर ब्वाईको रुपमा देखिदै आएका सलिनमान ‘युनीभर्सटी अफ गुन्डाज्’मार्फत आफूलाई फरकधारमा प्रस्तुत गर्ने देखिन्छ।
टिजरमा सलोन बस्नेतको पनि एक्सन देखिन्छ। टिजरमा सलिनमान र सलोन एकअर्काका साथीको रुपमा देखिएका छन्। आफ्नो ग्याङबाट कुनै सफलता हासिल गर्नका लागि लडाई लडिरहेको टिजरमा देखिन्छ।
सुरेश न्यौपानेको निर्देशन रहेको फिल्ममा सलिनमान बनियाँ आफैले लेखेका हुन्। अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन। निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन।
Shares

प्रतिक्रिया