कला


अस्कर कलेज र बोर्डको सहकार्यमा कथा लेखन कार्यशाला

अस्कर कलेज र बोर्डको सहकार्यमा कथा लेखन कार्यशाला

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १३:४१, काठमाडौँ

अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने कथा लेखन कार्यशाला सञ्चालन भएको छ।

नयाँ पुस्तालाई कथा लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुने कार्यशाला वैशाख ३० गतेदेखि सुरु भएको हो। लेखक समीक्षक सुरज सुवेदीको मेन्टरसिपमा चल्ने कार्यशालामा १० जना सहभागी छन्।

कार्यशाला संयोजक जेम्स ढकालका अनुसार ४० जनाबाट आएको आवेदनमध्येबाट १० जना सहभागी छनोट गरिएको हो। कार्यशालाको समापनमा प्रत्येक सहभागीले कथाको पहिलो ड्राफ्ट तयार पार्ने छन् जसलाई कार्याशालापश्चात् अन्तिम रुप दिइने आयोजकको भनाइ छ। 

साहित्य, सिनेमा र रंगमञ्चमा राम्रा कथा र युवा लेखकको अभाव कम गर्न यो कार्यशाला उपयोगी हुने अपेक्षा राखेको मेन्टर सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad