आलिया भट्ट अभिनीत बलिउड फिल्म ‘अल्फा’ को ओपनिङ कमजोर देखिएको छ। शुक्रबारदेखि प्रदर्शन भएको यस फिल्मले पहिलो दिन भारतमा ९.२५ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको थियो।
त्यसै गरी, दोस्रो दिन भने २१ प्रतिशतको वृद्धि गर्दै व्यापारमा केही सुधार आएको छ। शनिबार फिल्मले ११.२५ करोड भारू नेट कमाइ गरेको ट्रेड ट्रयाकर स्याकनिल्कले उल्लेख गरेको छ।
योसँगै भारतीय बक्सअफिसमा फिल्मको दुई दिनको कुल भारतीय नेट कमाइ २० करोड ५० लाख भारू पुगेको छ। विश्वभर फिल्मले ४१ करोड भारू कमाएको छ।
यद्यपि यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा ‘अल्फा’ प्रदर्शन निकै कमजोर देखिएको छ।
यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ।
साथै ऋतिक रोशनको विशेष भूमिका छ। ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देख्न सकिन्छ।
शिव रवैल निर्देशित फिल्ममा आलिया ‘अल्फा’ सीताको भूमिकामा छिन्। यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गतको यो फिल्म आदित्य चोपडाको निर्माणमा बनेको हो।
Shares

प्रतिक्रिया