डान्स स्टुडियो ‘डी वाक’को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डीपी खनालको शब्द र भीम बीसीको संगीत रहेको छ।
बद्री विष्ट र रियाशा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले विष्ट र दाहाललाई साथ दिएका छन्।
बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाकले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ।
हेरौँ भिडियो
प्रतिक्रिया