ad ad

गण्डकी


हिमपहिरोमा परेर मृत्यु भएका राईको शव काठमाडौँ लगियो

हिमपहिरोमा परेर मृत्यु भएका राईको शव काठमाडौँ लगियो

नेपालखबर
असोज १२, २०७९ बुधबार ६:२१, गोरखा

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौँ लगिएको छ। 

लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडौं लैजान सहज भएको हो। खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो। उनले भने, “मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो।” 

राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताए। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए। तीमध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो। राईलाई भने बचाउन सकिएन।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .