गण्डकी


विद्यालय जाँदै गर्दा भिरबाट लडेर बालिकाको मृत्यु

विद्यालय जाँदै गर्दा भिरबाट लडेर बालिकाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन १७, २०७९ बुधबार ७:१५, बागलुङ

बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो। 

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनी साथीसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad