गण्डकी


चालकसहित गाडी कालीगण्डकीमा बेपत्ता

चालकसहित गाडी कालीगण्डकीमा बेपत्ता

फाइल फाेटाे


नेपालखबर
साउन १२, २०८० शुक्रबार २२:९, म्याग्दी

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ। 

अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जिप कालीगण्डकीमा बेपत्ता भएको हो।

सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

“भीरकाटेको कालीगण्डकी किनारमा जlपको सिसा भेटिएको छ”, उनले भने, “जिप र चालकको अवस्था अज्ञात छ।”

प्रहरी, स्थानीय र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्।

सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्‍याएर फर्कंदै गरेको जिपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो।

त्यसपछि सम्पर्क नभएको उनले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .