म्याग्दीको प्रदेश ‘ख’मा माओवादी केन्द्रका रेशम जुग्जाली मगर ‘सुविन’ विजयी भएका छन्।
एमालेका यामबहादुर गर्बुजा मगरलाई उनी १०१ मतले हराउँदै उनी प्रदेशसभा सांसद बनेका हुन्।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका यामबहादुर गर्बुजाले ८ हजार ३५३ मत प्राप्त गरे।
३९ वर्षीय रेशम यसअघि मालिका गाउँपालिका ७ विमका वडाध्यक्ष थिए।
विद्यार्थीकालदेखि नै माओवादीमा लागेका रेशमका दाजुले जनयुद्धमा ज्यान गुमाएका थिए।
255
Shares
प्रतिक्रिया