गण्डकी


केही दिनमा संकल्पपत्र सार्वजनिक गर्दै छौँ, मैले लेख्नुपर्छ : गगन थापा

केही दिनमा संकल्पपत्र सार्वजनिक गर्दै छौँ, मैले लेख्नुपर्छ : गगन थापा

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १४:३०, पोखरा

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस व्यक्तिले चमत्कार गर्छ भन्ने मान्यतामा विश्वास नगर्ने पार्टी भएको बताएका छन्।

कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका सभापति थापाले देशमा कायम रहेको संसदीय व्यवस्थामा पार्टीले बहुमत ल्याउँदा प्रधानमन्त्री बन्ने भए पनि संघ, प्रदेश र स्थानीय सबै सरकार चुस्तदुरुस्त भए मात्र प्रधानमन्त्री सफल बन्ने धारणा राखे।

‘केही दिनमा संकल्पपत्र सार्वजनिक गर्दै छौँ। यहाँहरूको मायाले मलाई पार्टीले सरकार बनाउने अवस्थामा मलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्नुभएको छ। त्यस्तो अवस्थामा घोषणापत्र मैले लेख्नुपर्छ। रिसाएर नागरिकलाई भड्काउने सजिलो उपाय छ। अहिले दक्षिण एसियामा मात्र नभएर संसारभर यस्तै भएको छ। पपुलिजमको सजिलो अस्त्र अरूलाई खराब भन्ने, फोहर भन्ने, अरू फोहोर भए म सफा किन भन्ने प्रश्नको उत्तर दिनुपर्दैन,’ कांग्रेस गण्डकीले शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी व्यक्तिले चमत्कार गर्ने कुरामा विश्वास गर्दैनौँ। हामीसँग संसदीय प्रणाली छ। यहाँ एउटा पार्टीले बहुमत ल्याएका त्यही पार्टीको नेता प्रधानमन्त्री बन्ने हो। कांग्रेसले भोलि संघको सरकार चलाउँदै गर्दा ७५३ पालिका र ७ वटा पालिका पनि सफल हुनुपर्छ। एउटा व्यक्तिले चमत्कार गर्ने कुरामा हैन, प्रणालीमा विश्वास गर्छौँ। हामी संवैधानिक अंगहरू ठिक ढंगले चलाउँछौँ। सुधार गर्छौँ।’

उनले कांग्रेससँग अनुभव र उर्जाको सही समिश्रण रहेको बताउँदै थपे, ‘नेपालमा भूराजनीतिक उपस्थिति छ, दुई ठुला छिमेकी छन्। यसका आफ्नै चुनौती छन्। धेरै उत्ताउलो भएर हुँदैन। सम्हालेर लानुपर्छ। हामी युवा नै युवा भएको देश हो। उनीहरूलाई पनि सँगै लिएर जानुपर्छ, प्रौढलाई पनि मिलाएर लैजानुपर्ने छ।’

उनले कांग्रेस नेतृत्वको सरकारले नै दक्षिण एसियामै पहिलोपटक अख्तियारजस्तो बलियो संवैधानिक संस्था बनाएको दाबी  गर्दै किन त्यसले काम गरेन भन्ने प्रश्न उत्तर पनि कांग्रेसले नै खोज्ने बताए।

उनले संवैधानिक परिषद् र त्यसले नै संवैधानिक अंग प्रमुख नियुक्त गर्ने प्रावधानले भागबन्डाको गलत संस्कार बसेको जिकिर गरे। 

उनले भने, ‘प्रधानमन्त्रीले नै खल्तीबाट निकालेर अख्तियार प्रमुखको नाम निकालेपछि त्यसले भ्रष्टाचारविरुद्ध काम गर्न नसक्ने र पंगु किन नहुनु?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad