ad ad

ग्लोबल


इजरायलका निम्ति जासुसी गरेको अभियोगमा इरानले दियो ४ जनालाई मृत्युदण्ड

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा इरानले दियो ४ जनालाई मृत्युदण्ड

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १७:५७, कायरो

इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ। 

सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो। अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए। 

इरान र इजराल क्षेत्रीय दुश्मन हुन्। इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ। तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन, उसले इजरायलविरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गरिरहेको छ। 

मृत्युदण्ड दिइएका तथा लामो काराबासको सजाय पाएका मोसादका सदस्यले निजी तथा सार्वजनिक सम्पत्ति चोरेर नष्ट गरेको, व्यक्ति अपहरण गरेको, उनीहरूबाट हातहतियारसमेत बरामद गरिएको, तलबभत्ता किप्टो करेन्सीमा लिने गरेका इरानी अधिकारीहरूले बताए पनि कथित अपराधको कुनै प्रमाण सार्वजनिक गरेका छैनन्। मृत्युदण्ड दिइएकाहरूको नाम सार्वजनिक गरे पनि लामो काराबासको सजाय तोकिएका तीन जनाको परिचय पनि खुलाइएको छैन। 

इरानको रिभोलुस्नरी अदालतले नियमित रूपमा मृत्युदण्डको सजाय सुनाउने गरेको छ। इरानको शासन व्यवस्थाको विरोध गर्नेहरूको जीवन लुछिन्छ। एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले तीन सय १४ जनालाई मृत्युदण्ड दिएको थियो। उक्त सङ्ख्या पोहोर खाडी राष्ट्रमा दिइएका मृत्युदण्डभन्दा आधाले अधिक हो। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .