ad ad

ग्लोबल


भारतमा कोरोना– २४ घण्टामा ४ हजार जनाभन्दा बढी संक्रमित थपिए, ४ दिनमा ४० बिरामीको मृत्यु

भारतमा कोरोना– २४ घण्टामा ४ हजार जनाभन्दा बढी संक्रमित थपिए, ४ दिनमा ४० बिरामीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०७९ बुधबार १२:५१, काठमाडौँ

भारतमा फेरि कोरोना संक्रमण फैलिने क्रम तीव्र रूपमा बढिरहेको छ। संक्रमणका कारण मृत्यु हुने दर पनि बढेको भारतीय पत्रिका अमरउजालाले उल्लेख गरेको छ। 

उक्त पत्रिकाका अनुसार भारत यसअघि नै हरेक दिन नयाँ बिरामी थपिनेमा विश्वका शीर्ष १० देशको सूचीमा परेको थियो। अब मृत्युका हिसाबले पनि भारत शीर्ष १० देशमा परेको छ।  

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४ हजार ४ सय ३५ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्ला १६३ दिनको तथ्यांकमा सबैभन्दा बढी हो। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको छ। उनीहरू उपचाररत छन्। 

४ दिनमा ४० जनाको मृत्यु
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ। संक्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाको ज्यान गएको छ। जसमध्ये केरला र महाराष्ट्रमा चार–चार जनाको मृत्यु भएको छ। छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, कर्नाटक, पुडुचेरी र राजस्थानमा एक–एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। कोरोना संक्रमणका कारण भारतमा हालसम्म पाँच लाख ३० हजार ९१६ जनाको मृत्यु भइसकेको छ।

तथ्यांक हेर्दा पछिल्लो चार दिनमा मृत्युदर २०० प्रतिशतले बढेको अमरउजालाले उल्लेख गरेको छ। यस अवधि (पछिल्लो ४ दिन) मा मात्र कोरोना संक्रमणका कारण ४० जनाको ज्यान गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .