शृंखलाबद्ध भुइँचालोपछि ज्वालामुखी विस्फोटको खतरा देखेर आइसल्यान्डले संकटकाल घोषणा गरेको छ।
सरकारले दक्षिण–पश्चिमी सहर ग्रिन्दाविकमा बसोबास गर्ने हजारौँलाई सो ठाउँबाट हट्न आदेश दिएका छन्।
पछिल्ला दिनमा नजिकै रहेको एक ज्वालामुखी वरिपरि हजारौँ परकम्प गएका छन्। सो ज्वालामुखी २०२१ मा विस्फोट भएको थियो।
अक्टोबर अन्तिमदेखि दक्षिण–पश्चिम आइसल्यान्डमा २० हजारभन्दा बढी धक्का महसुस भइसकेको छ।
आइसल्यान्डमा करिब ३० वटा सक्रिय ज्वालामुखी छन्। त्यसैले यहाँको भूगर्भ सबैभन्दा सक्रिय क्षेत्रमध्ये एक हो। एजेन्सी
156
Shares

प्रतिक्रिया