ग्लोबल


गुजरातको पावागढ रोपवेको तार चुँडिँदा ६ जनाको मृत्यु

गुजरातको पावागढ रोपवेको तार चुँडिँदा ६ जनाको मृत्यु

नेपालखबर
भदौ २२, २०८२ आइतबार ११:१२, काठमाडौँ

भारतस्थित गुजरातको पञ्चमहल जिल्लामा रहेको पावागढ यात्रा मार्गमा रोपवेको तार चुँडिँदा ६ जनाको मृत्यु भएको छ।

पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले सामान बोकेको लिफ्ट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताए।

शनिबार दिउँसो ३ बजेतिर भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

बीबीसी हिन्दीका अनुसार सामान मर्मतका लागि लगिँदै गर्दा रोपवेको तार चुँडिँएर क्याबिन तल तालमा खसेको हो। 

पावागढमा रहेको महाकाली माताको मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र हो। यो ५२ शक्तिपीठमध्ये एक हो।

प्रत्येक वर्ष लाखौँ भक्तजन यस मन्दिरको दर्शन गर्छन्। नवरात्रिमा यहाँ धेरै भिड हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad