ग्लोबल


यूएईले भन्यो: इरानले प्रहार गरेका १५ मिसाइल रोक्यौँ

यूएईले भन्यो: इरानले प्रहार गरेका १५ मिसाइल रोक्यौँ

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ८:३, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले आफ्नो रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका थुप्रै क्षेप्यास्त्र रोकेको दाबी गरेको छ।

मन्त्रालयका अनुसार १२ ब्यालिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोन रोकिएका हुन्। 

यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘मे ४, २०२६ मा इरानद्वारा प्रहार गरिएका यी हतियार रोक्ने क्रममा तीन जना घाइते भएका छन्।’

मन्त्रालयका अनुसार हालसम्म यूएईको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका कुल ५४९ ब्यालिस्टिक क्षेप्यास्त्र, २९ क्रुज क्षेप्यास्त्र र २,२६० ड्रोन रोकेको छ।

यस क्रममा अहिलेसम्म  नेपाल, पाकिस्तान, बंगलादेश, भारत, इजिप्ट र यूएईका नागरिक र प्यालेस्टिनीसहित कुल १० जनाको मृत्यु भएको छ। अनि कुल २२७ जना घाइते भएका छन्। 

यसैगरी इरानको आक्रमणमा हालसम्म आफ्ना तीन सैनिक मारिएको यूएईले जनाएको छ।

यूएईको रक्षा मन्त्रालयले भनेको छ, ‘पूर्ण रूपमा तयार छौँ, कुनै पनि खतराको दृढतापूर्वक सामना गर्छौँ। देशको सुरक्षा, स्थिरता र हित रक्षाका लागि हरेक कदम चाल्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad