ग्लोबल


ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

नेपालखबर
बैशाख २६, २०८३ शनिबार ७:५१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।

ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। 

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु- रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।’

उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’

ट्रम्पले यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गरेका छन्। 

उनले भनेका छन्, ‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ।’

अर्कातर्फ अमेरिका र इरानबिच भने विवाद बढेको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad