ग्लोबल


अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय

६० वर्षपछि तमिलनाडुमा गैरद्रविड दलबाट मुख्यमन्त्री
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ७:३७, काठमाडौँ

अभिनेतासमेत रहेका तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख थलापति विजय आज (मे १०) देखि तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विजयले आज बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ खानेछन्।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार गठनका लागि बहुमत ११८ सांसदको समर्थन जुटाउनुपर्छ।

हालै भएको विधानसभा चुनावमा विजयको पार्टी टीभीकेले १०८ स्थानमा मात्र विजय हासिल गरेको छ। यसमा पनि विजयले दुई ठाउँमा जितेको संख्या जोडिएकाले एक क्षेत्र छाड्नुपर्छ। जसले गर्दा सरकार गठनका लागि उनको दलबाट १०७ सिटको मात्र हिसाब हुन्छ। 

विजयले मुख्यमन्त्री बन्न कंग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल दलको सहयोगमा बहुमत जुटाएका हुन्। उनले शनिबार कुल १२१ विधायकको समर्थनपत्र राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष बुझाएका छन्।

अब आज उनलाई राज्यपालले तमिलनाडुको मुख्यमन्त्री पदमा शपथ खुवाउनेछन्। 

योसँगै तमिलनाडुमा सन् १९६७ यता अर्थात् झन्डै ६० वर्षपछि गैरद्रविड पार्टीबाट मुख्यमन्त्री बन्नेछन्। 

यसअघि १९६३-१९६७ सम्म कंग्रेस सरकारमा एम. भक्तवत्सलम मुख्यमन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad