ग्लोबल


भारतका उपराष्ट्रपति धनखडको राजीनामा स्वीकृत, मोदीले भने- स्वास्थ्यलाभको कामना

भारतका उपराष्ट्रपति धनखडको राजीनामा स्वीकृत, मोदीले भने- स्वास्थ्यलाभको कामना

फाइल तस्बिर : उपराष्ट्रपति पदबाट राजीनामा दिएका जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
साउन ६, २०८२ मंगलबार १३:११, काठमाडौँ

भारतका राष्ट्रपति द्रौपदी मुर्मुले उपराष्ट्रपति जगदीप धनखडको राजीनामा स्वीकृत गरेकी छन्।

स्वास्थ्यको कारण देखाउँदै उपराष्ट्रपति धनखडले सोमबार दिउँसो बुझाएको राजीनामा राष्ट्रपति मुर्मुले मंगलबार दिउँसो स्वीकृत गरेकी हुन्। 

राष्ट्रपति द्रौपदी मुर्मुसँग उपराष्ट्रपति जगदीप धनखड

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति पदबाट राजीनामा दिएका धनखडलाई स्वास्थ्यलाभको कामना गरेका छन्। 

मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, 'जगदीप धनखडजीले उपराष्ट्रपतिसहित धेरै भूमिकामा देशको सेवा गर्ने अवसर पाएका छन्। म उनको स्वास्थ्यलाभको कामना गर्दछु।'

धनखडले राजीनामा दिएपछि भारतमा उपराष्ट्रपति पद रिक्त भएको छ। अब नयाँ उपराष्ट्रपति चयन गर्न चुनाव गर्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad