ad ad

ग्लोबल


भारतको राजस्थानमा डम्परले किचेर ५ जनाको हत्या

भारतको राजस्थानमा डम्परले किचेर ५ जनाको हत्या

प्रहरीले घटनास्थलबाट उक्त डम्पर नियन्त्रणमा लिएको छ।


नेपालखबर
चैत ११, २०८० आइतबार १३:२६, काठमाडौँ

भारतीय राज्य राजस्थानको झालवार जिल्लाको भवानी मण्डीस्थित पगारिया थाना क्षेत्रमा डम्परले किचेर पाँच जनाको हत्या गरिएको छ। 

बीबीसी हिन्दीका अनुसार दुई पक्षबी झडपका क्रममा डम्परले किचेर ५ जना मारिएको हो। 

घटनाबारे जानकारी दिँदै भवानी मण्डीका डेपुटी एसपी प्रेम चौधरीले भने, ‘एउटै गाउँका दुई समूहबीच झडप भएको थियो। यस विषयमा खबर गर्न  मोटरसाइकलमा प्रहरी चौकीतर्फ जाँदै गरेका पाँचजनालाई डम्परले किचेर हत्या गरिएको हो।’ 

उनले थपे, ‘यस मामिलामा रणजित सिंह र डुङ्गर सिंह नामका दुई जना आरोपित छन्। एकलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ र अर्का आरोपितको खोजी भइरहेको छ।’

डेपुटी एसपी प्रेम चौधरीका अनुसार शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .