कर्णाली


इजरायलमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

इजरायलमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

नेपालखबर
असोज २४, २०८० बुधबार १४:५४, सुर्खेत

कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएको परिवारलाई तीन लाख रकम राहत दिने भएको छ।

सरकारले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको हो। 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। 

उनका अनुसार बैठकले इजरायलमा रहेका नागरिकको छिटो उद्धारका लागि संघीय सरकारलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .