ad ad

कोशी


एमालेले सुनसरीमा पनि टुंगो लगायो उम्मेदवार, क्षेत्र नम्बर २ मा भीम आचार्य

एमालेले सुनसरीमा पनि टुंगो लगायो उम्मेदवार, क्षेत्र नम्बर २ मा भीम आचार्य

फाइल तस्बिर।


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २०:५३, विराटनगर

एमालले सुनसरीमा पनि उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर २ बाट भीम आचार्य उम्मेदवार बन्ने छन्।

तीन बाट भगवती चौधरी र ४ बाट जगदीश कुसीयैत उम्मेदवार बन्नेछन्। ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर १ भने जसपाको भागमा परेको छ। 

प्रदेशतर्फ भने क्षेत्र १ क बाट रमेश बस्नेत र ख बाट विजय राईले टिकट पाएका छन्। २ क बाट रेवतीरमण भण्डारी र ख बाट रामप्रसाद मेहताले टिकट पाएका छन्।

३ क बाट रोहित कार्की र ख बाट रामदेव मेहता एमालेका तर्फबाट प्रदेशमा उम्मेदवार हुने एमाले केन्द्रीय सदस्य जगदीश कुसियतले जानकारी दिए।

यस्तै निर्वाचन क्षेत्र नम्बर ४ क जसपालाई छाडेको एमालेले ख बाट भने अब्बास मियाँलाई उम्मेदवार बनाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .