कोशी


कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक घोप्टो परेको अवस्थामा मृत फेला

कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक घोप्टो परेको अवस्थामा मृत फेला

नेपालखबर
बैशाख २६, २०८३ शनिबार ९:४७, धरान (सुनसरी)

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज (शनिबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४:३० बजे कालाबन्जार–धरान सडकखण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोकिँदा दुर्घटना भएको हो। 

दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-८ बरगाीका ३० वर्षीय मनिष बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

प्रहरीका अनुसार बस्नेत दाहिने गालामा गहिरो चोट लागेको र पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। 

स्थानीयले ठुलो आवाज सुनेपछि प्रहरीचौकी भरौलमा खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad