मोरङको रंगेली नगरपालिकाका वडा सचिव भगीरथ राजवंशीको निधन भएको छ।
रंगेली नगरपालिका वडा नं ८ स्थायी ठेगाना भई वडा नं ४ मा कार्यरत ५६ वर्षीय वडा सचिव राजवंशीको वैशाख २६ गते निधन भएको हो।
वडा सचिव राजवंशीको निधनको शोकमा रंगेली नगर कार्यपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कार्यालयले वैशाख २८ गतेलाई शोक बिदा दिने निर्णय गरेको पालिकाका कार्यवाहक प्रमुख भुमाकुमारी पराजुलीले जानकारी दिइन्। सो दिन सबै शैक्षिक तथा वडा कार्यालयहरू बन्द रहने जनाइएको छ।

24
Shares

प्रतिक्रिया