विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ। आइतबार दिउँसो अस्पतालको आईसीयू कक्षबाट आगोको मुस्लो निस्किएको हो।
विराटनगर महानगरपालिका–५ स्थित बरगाँछिमा रहेको उक्त अस्पतालको भुँइतलामा रहेको आईसीयू कक्षमा विद्युत् सट भएर आगलागी भएको मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
आगलागीबाट भेन्टिलेटर ४ थान, एक्स रे मेसिन १ थान, मोनिटर १२ थान, ईसीजी मेसिन १ थान, ईभी मेसिर १ थान, एसी ३ थान, आईसीयू बेड १० थान जलेर नष्ट भएको उनले बताए।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।
57
Shares
प्रतिक्रिया